थाहामा देवरद्वारा भाउजुको हत्या

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा देवरले धारिलो हतियार प्रहार गर्दा भाउजुको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका १ कुन्छाल बस्ने मनोज गोपालीकी अन्दाजी ५० वर्षीया श्रीमती तुलमाया गोपाली रहेकी छिन् ।

उनलाई छिमेकी देवर नाता पर्ने सोही स्थानका ३५ वर्षका विमलमान गोपालीले धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विमलमानले हतियार प्रहार गरी तुलमायाको टाउको र जिउ नै छुट्टाइदिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनापश्चात विमलमान फरार रहेका थिए । उनलाई अस्थायी प्रहरी पोष्ट बज्रबाराहीका प्रहरी सहायक निरीक्षक सन्तुकुमार लामा र ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्याल नेतृत्वको टोलीले खोजतलास गर्ने क्रममा खटी गई अनुसन्धान तथा खोजतलाश गर्ने क्रममा थाहा नगरपालिका ३ थानाबजारबाट नियन्त्रण लिएको छ ।

विमलमानलाई प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिएको छ । उनलाई ईलाका प्रहरी कार्यालय पालुङमा राखिएको छ । घटनाको प्रारम्भिक अनुसन्धान गरी मृतकको शव पोस्टमार्टममा लागि शिक्षण अस्पताल काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । घटनाको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.