गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलनको आयोजना

हेटौँडा । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलनको आयोजना गरेको छ । प्रेस चौतरी नेपालको केन्द्रिय सकुर्लर बमोजिम मकवानपुर शाखाले बिहीबार हेटौँडाको बुद्धचोकमा दीप प्रज्वलनको आयोजना गरेको हो ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, जिल्ला इन्चार्ज विवश अधिकारी, चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरे, सञ्चारिका समूह मकवानपुर अध्यक्ष निशा गुरुङको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त गणतान्त्रिक उपलब्धिलाई जोगाउन सञ्चारकर्मी र नागरिक समाजकोहरूको भूमिका महत्वपूर्ण प्रतिक्रिया दिएका थिए ।

सञ्चारकर्मीहरूको सामूहिक उपस्थितिमा सम्पन्न कार्यक्रमले पत्रकारिता क्षेत्र गणतन्त्रको मूल मर्मप्रति सजग, प्रतिबद्ध र उत्तरदायी रहेको सन्देश दिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.