हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती पुलको साईडमा भरिएको ग्राभेल माटो वर्षातको कारण खोलामा पानीको बहाब बढी बढ्न गई ग्राभेल र माटो बगाई सडक पुर्ण रुपमा अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, पानीको बहाब बढी बढ्न गई ग्राभेल र माटो बगाएपछि आज साँझ ८ बजेदेखि नै हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौँडा आउने गाडीको आवतजावत रोकिएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक अर्यालले हेटौँडा–काठमाडांै यात्रामा यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

















