मकवानपुर । नेपाली कांग्रेस राक्सिराङ ४ वडा समितिद्वारा आर्थिक सहयोग गरेको छ । खुकुरीले खुट्टा काटेर बिरामी रहेको रुपचन सुनारलाई आर्थिक सहयोग गरेको हो । राक्सिराङ गाउँपालिका ४ लापुरका सुनारलाई कांग्रेस वडा समितिद्वारा रकम संकलन गरि आर्थिक सहयोग गरेका हुन् ।
नेपाली कांग्रेस वडा समितिले संकलन गरेको रु १८ हजार रुपैयाँ बिरामी रुपचन सुनारलाई भेटेर हस्तान्तरण गरेका हुन् । वडा सभापति बिकास ब्लोनको सहजीकरणमा वडा सहसचिव सन्तोष घलान, युवा नेता अनिल घलान, जोक मुक्तान, अशोक निर्दोष तामाङ, अनिल कुमार मुक्तान लगायतका वडाका नेताहरुको उपस्थितमा उक्त सहयोग रकम आज मंगलबार हस्तान्तरण गरेका हुन् ।
प्रतिकृया दिनुहोस्

















