कैलाश । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ मा महिला सामूदायिक स्वास्थ्य स्वंयसेविकाहरुलाई दुई दिने मानसिक स्वास्थ्य तालिम प्रदान गरिएको छ । मंगलबार र बुधबार सञ्चालन भएको कार्यक्रम जनस्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको हो ।
जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगरको अध्यक्षता तथा गाउँपाकिला उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यतामा तालिममा सहभागिलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्लले गाउँघरमा मानसिक रोगी विरामी रहेको पाइन्छ । उनीहरुको पहिचान गरि आवश्यक उपचारका लागि सिफारिस गरिदिन स्वंयसेविका दिदीबहिनीहरुलाई आग्रह गरेका छन् । के समस्या आउँदा मानसिक रोगी हो, लक्षण केके हुन सक्छन् भन्ने विषयमा जानकारी लिनु भएपछि अब वडा तहमा पुगेर आफ्नो सेवालाई कार्यान्वयन गर्न उपाध्यक्ष मल्लले अनुरोध गरेका छन् ।
स्वास्थ्य र शिक्षामा गाउँपालिकाले लगानी गरिरहेको अवस्था छ, विभिन्न रोगव्यादी लाग्ने गर्दछ, तर मानसिक रोगको पहिचान गर्न असहज रहिरहेको अवस्थामा यो तालिमले धेरै कुरा सिकाई भयो भन्ने विश्वास लिएको उपाध्यक्ष मल्लले बताए । तलिममा गाउँपालिकाका ६ वटा वडाका २४ जना स्वंयसेविकाहरुको सहभागिता रहेको थियो । तालिमलाई जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप अधिकृत मनिर आलम र जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगरले प्रशिक्षण गरेका थिए ।

















