कैलाशमा सामाजिक कुरीति विरुद्ध जनचेतना कार्यक्रम

कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा सामाजिक कुरीति विरुद्ध जनचेतना कार्यक्रम भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बुधबार भएको एक दिवसीय कार्यक्रममा बाल विवाह, सामाजिक तथा जातीय विभेदबारे प्रस्तुतीकरण भएको थियो ।

समन्वय समितिका सदस्य एंव प्रवक्ता खड्गबहादुर पुलामीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले कैलाशमा चेतनाको कमी भएको स्थानीय तह रहेको बताए । भौगोलिक विकटता त छदैँ छ शिक्षामा पनि कमजोरी रहेको अवस्था छ, अध्यक्ष मुक्तानले भने । ‘यहाँ भुई लेवलबाटै उठाउनुपर्छ ।’

सामाजिक कुरीति अन्त्यका लागि कार्ययोजनाहरु तय भई कार्यान्वयन भइरहेको अवस्थामा स्वास्थ्य, शिक्षा, सरसफाई, खानेपानीका क्षेत्रमा काम क्रमशः सुधारोन्मुख रहेको अध्यक्ष मुक्तानले बताए । बाल विवाह, लागु औषध उत्पादनको विकराल अवस्था यस स्थानीय तहमा रहेको छ, लागु पदार्थ प्रयोगकर्ता पछिल्लो समय महिला पुरुषको बराबरीको अवस्था रहेको हुदाँ समाजमा हुने सामाजिक विकृति, कुरीतिको अन्त्यका लागि चेतनास्तर वृद्धि गरिनुपर्नेमा उनले जोड दिए । हेर्दा सानो तर विकराल अवस्था रहेकाले बालमैत्री स्थानीय शासन कार्ययोजना लागु गर्न समस्या रहेको उनले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्देशक विष्णुकुमारी लामिछानेले बाल विवाह, लैङ्गिक हिंसाका विषयमा आफ्नो प्रस्तुतीकरण गरेकी थिईन् भने गैर सरकारी संस्था बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा सामाजिक तथा जातीय विभेद सम्बन्धी आफ्नो प्रस्तुती गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, जिसस सदस्य वीरेन्द्र कुमार लामा, तारा ढुङ्गाना, सुर्वण गोपाली, सुमित्रा थिङ, सुनिता दर्लान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, जिल्ला समन्वय अधिकारी शान्ति विक, गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनितक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.