मकवानपुर प्रहरीद्वारा हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

मकवानपुर । काठमाडौंको किर्तिपुर नगरपालिका वडा नम्वर १ बाट हराएको मोटरसाइकल मकवानपुर प्रहरीले फेला परी सम्बन्धित धनीलाई बुझाएको छ ।

प्रहरीले नुवाकोटको बेलगढी नगरपालिका वडा नम्वर ६ घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय मदन भट्टको बा.प्र.०२–०५५ प ७६२९ नम्बरको मोटरसाइकल फेला पारी सोमबार सम्बन्धित व्यक्तिलाई बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, यही वैशाख ५ गते हराएको उक्त मोटरसाइकल मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ मा फेला परेको हो ।

उक्त राक्सिराङ–४ बाट फेला पारेको भनिएपनि कसले ल्याएको भन्ने विषय भने प्रहरीले खुलाएको छैन । मोटरसाइकल ल्याउनेलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छैन । मोटरसाइकल चोरीको खोजी गर्ने क्रममा फेला परेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.