लागूऔषध अफिमसहित हेटौंडाबाट तामाङ पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, नेवारपानीस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट प्रहरीले अवैध लागूऔषध अफिमसहित एक जनालाई आज बिहान पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध अफिम ५ किलो ९४० ग्रामसहित चितवनको राप्ती नगरपालिका वडा नं. ११ बस्ने बर्ष २५ को बाबुराम तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहान ७ः२० बजेको समयमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नं. को यात्रुबाहक बसमा सवार भई आएका तामाङलाई सो परिणामको लागूऔषधसहित पक्राउ गरिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.