निर्वाचन प्रकृया सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

हेटौंडा । टोल विकास संस्था नगर समन्वय समितीको आयोजनामा निर्वाचन प्रकृया सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । टोल विकास संस्था नगर समन्वय समितीका पदाधिकारी, सदस्यहरु एवम् वडा समन्वय समितीका संयोजकहरुको लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवम्  नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, कानुन शाखा अधिकृत लक्ष्मण मैनाली, टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष सति कार्यक्रमन्यौपाने, शान्ति श्रेष्ठ, महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, सचिबहरु चन्द्रावती पनेरु र पुन्यबती घिमिरे लगायतका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई कानुन अधिकृत लक्ष्मण मैनाली, नगर समन्वय समितीका महासचिव शिवहरि दाहाल, उपमहासचिब देबकुमार श्रेष्ठ सदस्य तथा अधिवक्ता केशब अर्यालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सबै वडा समन्वय समितीका गरि ४५ जनाको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.