मकवानपुरमा स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

मकवानपुर । मकवानपुर जिल्लाका क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न भएको छ। निर्वाचनका क्रममा कुनै अप्रिय घटना नभएको र विद्यार्थीहरूले स्वतन्त्र रूपमा मतदान गर्न पाएको सम्बन्धित निकायहरूले जनाएका छन्।

निर्वाचनलाई स्वच्छ र व्यवस्थित बनाउन सुरक्षा निकाय, प्रशासन तथा विद्यार्थी संगठनहरूको महत्वपूर्ण भूमिका रहेको थियो। यसै सन्दर्भमा, नेविसंघ सुरक्षा निकाय एवम् प्रशासन समन्वय समिति मकवानपुरका संयोजक बुद्ध राज लामाले निर्वाचनअघि नै सम्बन्धित निकायहरूलाई निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न आग्रह गरेका थिए।

मकवानपुरको ७ वटा क्याम्पस मध्ये २ वटामा सर्वसम्मत भएको थियो । यस्तै, ४ वटामा निर्वाचन सम्पन्न भएको छ भने एकमा विवादका कारण स्थगित भएको छ ।  स्ववियु निर्वाचनलाई व्यवस्थित बनाउन प्रशासनले कडा सुरक्षा व्यवस्था गरेको थियो भने विद्यार्थी संगठनहरूबीच पनि सहकार्य देखिएको थियो। मतगणना कार्य समेत व्यवस्थित रूपमा सम्पन्न भई विभिन्न क्याम्पसहरूमा नयाँ नेतृत्व चयन भइसकेको छ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएसँगै विद्यार्थीहरूलाई आफ्नो नेतृत्व चयन गर्ने अवसर प्राप्त भएको र शैक्षिक वातावरणलाई सुदृढ बनाउन नवनिर्वाचित प्रतिनिधिहरूले भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.