हेटौंडा । माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कमिटी सचिव शुभ भगत घलानसहित ६ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्र त्यागेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार नेपाली काँग्रेस हेटौंडा ३ नम्बर वडा समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबीच उनीहरु प्रवेश गरेका हुन् ।
जसमा पार्वती स्याङ्तान, शान्ति माया ब्लोन, पुष्पा भेटुवाल, रेशम बहादुर सुनार र विशाल वाइबा लगायतका नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले खादा लगाएर स्वागत गरेका थिए ।
नेपाली काङ्ग्रेस जिल्ला समिति मकवानपुर सभापति बुध्द लामा, महासमिति सदस्य टेकनाथ शिवाकोटी, बागमती प्रदेश सदस्यहरु चम्फुरत्न लामा र प्रदिप कोइराला र भक्त राईको बिशिस्ट अतिथ्यता रहेको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सदस्य शर्मिला श्रेष्ठ, नेपाल महिला संघ मकवानपुर सचिव तथा महाधिवेशन प्रतिनिधि निलम देवकोटा, नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघ मकवानपुर अध्यक्ष पदम तितुङ्ग, नेविसंघ केन्द्रिय सदस्य मिलन पुडासैनी, हेटौंडा ३ नम्बर वडा सदस्यहरु सबिना बिडारी, देबकी बिश्वकर्मा, रत्नबहादुर ब्लोन र हर्कबहादुर पाख्रीन तथा हेटौंडा ३ नम्बर वडाका कृयाशिल सदस्य लगायतको उपस्थिति थियो ।
कार्यक्रम नेपाली कांग्रेस हेटौंडा ३ नम्बर वडा सभापति ढलक बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न भयो ।


















