ओम बृृद्धाश्रमलाई हेटौंडा जेसीजको सहयोग

हेटौंडा । हेटौंडा २ चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई हेटौंडा जेसीजले व्हिल चियर तथा बेड हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच आमश्रलाई जेसीजले सहयोग हस्तान्तरण गरेको हो ।

योगेश बानियाँको संयोजकत्व एवम् हेटौंडा जेसीजका अध्यक्ष पंकज दास बनियाँको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा जेसीजका निवर्तमान अध्यक्ष एवम् नेपाल जेसीजका महासचिव विकेशलाल श्रेष्ठ, ओम बृद्धाश्रमका अध्यक्ष श्री सिद्धिलाल श्रेष्ठ, संरक्षक बुद्धिप्रसाद पौडेल, हेटौंडा जेसीज १९९१ का अध्यक्ष गणेशकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

जेसीजका अध्यक्ष बनियाँले ज्येष्ठ नागरिकको पालनपोषण एवम् हेरचाह गर्दै आएको संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आफ्नो कार्यकालमा यस्तै कार्यलाई प्राथमिकता दिँदै जाने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा जेसीजका कार्यकारिणी उपाध्यक्ष विश्वप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई जेसीजका महासचिव सञ्जयकुमार न्यौपानेले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.