डँढेलो नियन्त्रणको तयारीमा मनहरी गाउँपालिका

हेटौंडा । वन डँढेलोको मौसम सुरु हुनै लाग्दा मकवानपुरको मनहरी गाउँपालिकाले डँढेलो नियन्त्रणको तयारी थालेको छ । गाउँपालिकाले ९ वटै वडाका वन समिति, टोल विकास समिति, मध्यवर्ती सामुदायिक वन समूहका पदाधिकारी तथा अगुवा युवाहरुलाई डँढेलो नियन्त्रण सम्बन्धि अभिमुखीकरणको आयोजना गरेको छ ।

अभिमुखीकरणमा डँढेलो लगाउँदा हुने वेफाइदा, डँढेलो लगाउनेलाई हुने कारबाही, नियन्त्रण गर्ने तौरतरिकाको विषयमा जानकारी गराइएको थियो । कार्यक्रमका सहभागीहरुलाई सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बुद्धिप्रसाद पौडेल र राप्ती वन डिभिजन कार्यालय मनहरीका अधिकृत मनिर अन्सारीले सहजीकरण गरेका थिए ।

उनीहरुले डँढेलो नियन्त्रणमा लिने तरिका सिकाएका थिए । ९ गतेबाट सुरु भएको अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न गरिएको हो । ९ गते ८ र ९ नम्बर वडालाई, १२ गते ६ र ७ नम्बर वडालाई, १३ गते १ र २ नम्बर वडालाई र बिहीबार ३, ४ र ५ वडालाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको थियो ।

मनहरी गाउँपालिका ९ नम्बर वडा अध्यक्ष एवम् वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ३ नम्बरका कार्यबाहक वडा अध्यक्ष हिराबहादुर प्रजा, कार्यपालिका सदस्य चतुरमान सुनार, ४ नम्बर वडा सदस्य गंगा सुनारलगायतको आतिथ्यता रहेको थियो । हावाहुरी तथा सुख्खा मौसम सुरु हुन लागेसँगै हुनसक्ने वन डँढेलो लगायतका विपद्लाई लक्षित गरी वडास्तरमै पुगेर तालिम प्रदान गरिएको गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

वडा अध्यक्ष राजकुमार श्रेष्ठले अभिमुखीकरणमा सिकेका ज्ञानलाई आवश्यक पर्दा व्यवहारमा कार्यान्वयन गर्न अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.