हेटौंडा । २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछार पर्वमा चार जना सञ्चारकर्मीलाई सम्मानित भएका छन् । बिहीबार नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरद्वारा आयोजित कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष नवराज वाईबा , नेपाल तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तान र सञ्चारिका समुह नेपाल मकवानपुरकी अध्यक्ष निशा गुरुङ पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान पत्रले सम्मानित सम्मानि भएका हुन् ।
निर्माणाधिन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवमा लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको र्याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिएको थियो । मकवानपुर तामाङ कलाकार संघ मकवानपुरको सहआयोजनामा महोत्सव भएको हो । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे ।


















