हेटौंडा । हेटौंडाको सत्यम् जेभियर्स माध्यमिक विद्यालयमा वडा स्तरीय वादविवाद् प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा उपमाहानगरपालिका ४ वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ को संयोजकत्व एवम् सत्यम् जेभियर्स माविको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
‘नेपालको सन्दर्भमा विश्वव्यापीकरण वरदान कि अभिसाप’ विषयक वावदविवाद् प्रतियोगितामा सत्यम् जेभियर्सकी सुरुची तिमल्सिना प्रथम, ब्रह्मदिक एकेडेमीकी स्तुति गुरागाईं द्वितीय र नवोदय शिशु सदनकी शिक्षा भुषाल तृतीय भएकी छन् ।
शैक्षिक गुणस्तर सुधार समिति अध्यक्ष श्रीराम दहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नम्बर ४ वडा भित्रका ६ वटा विद्यालयहरुका विद्यार्थीहरु, प्रधानाध्यापक एवम् स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

















