हेटौंडामा शौचालय जाने क्रममा लडेर ९७ वर्षीय वृद्धको मृत्यु

हेटौंडा । हेटौंडामा शौचालय जाने क्रममा लडेर घाइते भएका एक वृद्धको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १२स्३० बजे हेटौंडा-१५ रातोमाटे स्थित ठूलो सुगौलीका ९७ वर्षीय हरी बहादुर आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उनलाई उनको आफन्तले उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनलाई दिउँसो १ बजे डाक्टरले मृत घोषणा गरेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.