मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा आगामी माघ १२ गते शनिबार २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा सास्कृतिक कार्यक्रम हुने भएको छ । बिहिबार नेपाल तामाङ्ग घेदुङ मकवानपुरगढि गाउँपालिका कार्यसमितिले पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम हुने सम्बन्धमा जानकारी दिएको हो ।
तामाङ समुदायको भेषभुषा, साँस्कृतिक पक्ष, कला संस्कृति, मौलिक संस्कार, भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य -ले -कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सोनाम ल्होछार कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको तामाङ सेलो सांगितिक प्रस्तुति र नृत्य प्रस्तुति रहने जनाएको छ ।
कार्यक्रममा ताम्बा, लामा तथा झाँकी प्रदर्शन, भेषभुषा र खानाका स्टलहरु समेत राखिने घेदुङ गढि गाँउपालिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिए । यसै गरी कार्यक्रम सञ्चालन गर्न गाँउपालिका र अन्य प्रायोजक संग समन्वय गरेको र अनुमानित ६ लाख खर्च हुने कार्यसमिति सदस्य बिक्रम लुङवाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा गाउँ कार्यसमितिका सल्लाहकार राजकुमार गोले, जिल्ला कार्यसमिकिा सदस्य आकाश गोले, गाउँ कार्यसमितिका उपाध्यक्ष विक्रम योञ्जन, सदस्य विक्रम लुङ्गवा र नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी ,मकवानपुरगढी पत्रकार समाजका सचिव श्रीराम अर्जुन तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङ लगायत पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

















