काठमाडौं । तामाङ पत्रकार संघको अध्यक्षमा नेत्र तामाङ चयन भएका छन् । शनिबार संघीय राजधानी काठमाडौंमा सम्पन्न संघको सातौं राष्ट्रिय महाधिवेशनबाट तामाङको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन भएका हुन् ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा तिर्थमान बल, उपाध्यक्षमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ र शिशिर दोङ, महासचिवमा सरस्वती तामाङ, सचिवमा आदर्श थोकर, जिबी लामा र मिक्साङ वाइबा र कोषाध्यक्षमा हिरामान बल लगायतको पदाधिकारी चयन भएका छन् ।
केन्द्रीय सदस्य खुल्लातर्फ अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल लामा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
बागमती प्रदेशतर्फ केन्द्रीय सदस्यमा अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ति थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ चयन भएका हुन् । यस्तै, निर्वाचन समितिका अनुसार कोशी प्रदेशतर्फ अनुप योन्जन, सन्तोषीकला तामाङ, मधेश प्रदेशतर्फ साङ बहादुर लो (राजु) केन्द्रीय सदस्य चयन भएका छन्।
कार्यसमितिमा अपुग तथा बाँकी सदस्य पछि मनोनीत गरिने निर्वाचन मण्डल अध्यक्ष प्रतीक ङेसुर तामाङले जानकारी दिए।
अध्यक्ष पदमा निर्वाचित पश्चात् तामाङले संघको संरचनात्मक विकास, पत्रकारहरूको सुरक्षाको प्रत्याभूति र तामाङ समुदायका विषयवस्तुहरूलाई प्राथमिक्ताका साथ सञ्चार माध्यममा प्रस्तुत गर्ने विषयलाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने बताए ।
महाधिवेशनको उद्घाटन सत्र ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री कान्छाराम तामाङको प्रमुख आतिथ्यता तथा संघको अध्यक्ष सुवास योञ्जनको सभाध्यक्षतामा सम्पन्न भएको थियो।


















