हेटौंडामा सवारी दुर्घटना, ५ जना घाईते

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सवारी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । शनिबार बेलुका ०६ः४० बजे हेटौंडा–५, माछा प्लान्टमा सवारी दुर्घटना हुँदा ५ जना घाईते भएका हुन् ।

कान्तिलोकपथ सडक खण्डमा चौघडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको प्र.३–०२–०० ८ प २६२८ नं. को मोटरसाईकल र हेटौडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ५१६९ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा सोही समयमा चौघडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख ४२९५ नं. को ट्रकको (ट्रेलर खालको) बम्परको भाग मुनी मोटरसाईकल पर्न गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाृ छ ।

घाईतेहरुको उपचारको लागी हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । टाउको र दाहिने खुट्टामा चोट लागेर गम्भिर घाइते भएका हेटौंडा–१७ हटियाका स्कुटर चालक ३४ का वर्षीय रोहित तामाङको थप उपचारको लागी सिएमसि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार दाहिने खुट्टामा चोट लागेर घाईते भएकी स्कुटर पछाडी सवार स्कुटर चालकी श्रीमती २८ वर्षीय रमिला तामाङ, मुख र दाहिने खुट्टामा चोट लागेर घाईते भएका स्कुटर चालकका छोरा ८ वर्षीय नाबालक रोजन तामाङ, टाउको र आँखाको भागमा चोट लागेको हेटौंडा–३, बसामाडीका मोटरसाईकल चालक ३५ वर्षीय गोपि तामाङ र बाँया आँखाको निधार, मुख र दाहिने हातमा चोट लागेको हेटौंडा–१९ नेवारपानीका मोटरसाईकल पछाडी सवार ३० वर्षीय बिष्णु प्रजाको अवस्था मध्यम छ ।

मोटरसाईकल, स्कुटर, ट्रक र ट्रक चालक हेटौडा–१३, पदमपोखरीका ३० वर्षीय सुकराम घलान प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.