धादिङमा सय विद्यार्थी र दुई सय परिवारलाई हेल्पिङ हार्टको सहयोग

हेटौंडा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्पिङ हार्ट फर रिलिफ एण्ड डेभलपमेन्टले धादिङको दुई विद्यालयमा स्विटर र शैक्षिक सामाग्री र दुई सय परिवारलाई न्यानो कपडा तथा ब्ल्यांकेट वितरण गरेको छ।


संस्थाकी प्रमूख जिया खानको नेतृत्व तथा उनको टिमको सहभागितामा संस्थाले धादिङ बेनीघाट रोराङ गाउँपालिका १० नम्बर वडाको थाकथली जलकन्या आभारभूत विद्यालय र खोरभञ्ज्याङ कालिका आधारभूत विद्यालयका चेपाङ समुदायका गरिब तथा जेहेन्दार एक सय विद्यार्थीलाई झोला, स्वीटर, कपी, पेन्सिल, तास्नर, कलर बक्स लागायतको शैक्षिक सामाग्री वितरण गरिएको संस्थाकी सल्लाहकार हसिना खानले जानकारी दिइन् ।

यस्तै, उनकै पलमा सोही वडाका चेपाङ समुदायको दुई सय परिवारलाई न्यानो कपडा तथा ब्ल्यांकेट वितरण समेत गरिएको उनले बताइन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.