हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल शिक्षक संघ बकैया कार्यसमितिको प्रतिनिधि सभा सम्पन्न भएको छ । आइतबार संघको छैठौं स्थानिय प्रतिनिधि सभा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल शिक्षक संघ बकैयाका अर्थ सचीव गोमा राणाभाटबाट आर्थिक प्रतिवेदन र सचीव सुनिल खनालबाट सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमिति उपसभापती तथा बकैया गाउपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता, नेपाल शिक्षक संघ मकवानपुर जिल्ला अध्यक्ष गणेश हुमागाईंको विशिष्ट आतिथ्यतामा भएको सार्यक्रममा बकैया ११ नम्बर वडा अध्यक्ष तथा बकैया गाउपालिकाका सामाजिक बिकास शाखा संयोजक गोपाल बहादुर नेसुर, बकैया १२ नम्बर वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईं, नेपाल शिक्षक संघ जिल्ला सचीव श्रीराम लुइटेल, जिल्ला अर्थ सचीव धन बहादुर बल, जिल्ला सह-सचिव निर्मला तिमल्सिना, नेपाली काङ्ग्रेस बकैया ४ नम्बर वडा इकाई सभापति तथा बकैया शिक्षा समिति सदस्य सुनिल बोम्जन, नेपाल शिक्षक संघ हेटौंडा उपमहानगर पालिका अध्यक्ष मन्दिरा घिमिरे, नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य श्रीबहादुर राई लगायतको उपस्थिति थियोे ।
कार्यक्रम नेपाल शिक्षक संघ बकैयाका अध्यक्ष कुमार राज श्याङ्बोको सभाध्यक्षातामा सम्पन्न भयो।

















