हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ५ नम्बर वडा स्थित झाक्रीडाँडा नजिकै ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। आज शुक्रबार बिहान ०८:१५ बजेको समयमा निर्माणाधिन तराई – काठमाण्डौ द्रुतमार्ग (फास्ट ट्रयाक सडकखण्ड) मा ना८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चितवनका ४० वर्षीय चालक सानू लो तामाङको ज्यान गएको हो।
हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिएर जाँदै गर्दा ट्रिपर आफै अनियन्त्रित भई सडक बाट अं. २५/३० मिटर तल खोल्सामा खसेर च्यापिएर चालकको दुर्घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्














