३७ औं विश्व एड्स दिवसमा बुद्ध चोकमा दीप प्रज्वलन 

हेटौंडा । ३७ औं विश्व एड्स दिवस २०२४ को पूर्वसन्ध्यामा बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा एड्सका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसहित दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रमको अध्यक्षता जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले गरेका थिए। साथै, बागमती प्रदेशका एच.आई.भी. फोकल पर्सन जितेन्द्र कर्ण, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, र जिल्लामा एच.आई.भी. सम्बन्धित संस्थाका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमा ए.एच.एफ. नेपाल मकवानपुर र स्थानीय संस्थाहरूको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रम समापनमा जनस्वास्थ्य प्रशासक घिमिरेले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी डिसेम्बर १ मा हेटौंडा अस्पताल प्राङ्गणमा सचेतनामूलक नाटक प्रदर्शन गरिने जानकारी गराएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.