मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ गुरौबिर्ता टोलका ३४ जना युवाहरु नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका छन्। हेटौंडा १२ स्थित गुरौबिर्ता झोलुङ्गेपुल चोकमा बिहिवार बिहान भएको स्थानीय तह उपनिर्वाचनको चुनावी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उक्त युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस समर्थक र स्वतन्त्र रहेका गुरौबिर्ता टोलका रुपक भुजेल, मिना स्याङ्तान, सगुन ढकाल, भुवन श्रेष्ठ, रेशम कुमार दर्जी, हरिहर पुडासैनी लगायत माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतम, प्रदेश कमिटी सचिवालय सदस्य ललित घनाल, जिल्ला सदस्य भगिरथ नेपाल ९रामजी० र उम्मेदवार रबि कुमार प्रधान (रविन)ले अबिर, खादा लगाई प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए।
भ्रष्टाचार विरुद्धको अभियानमा माओवादी केन्द्र दृढ भएको कारण आफुलाई माओवादी मन परेकोले माओवादीमा प्रवेश गरेको किरण अधिकारीले बताए । समाजको विकासमा सक्रिय युवा ब्याक्तित्व रविन योग्य उम्मेद्वार भएकोले आफुहरुले रविनलाई जिताउन प्रतिबद्ध भएको बताए । कार्यक्रममा उम्मेदवार रबिन प्रधानले झोलुङे पुल क्षेत्रमा तटबन्ध र पक्की पुल निर्माणलागि पहल गर्ने बताए ।
















