त्रिपुरासुन्दरीको स्वास्थ्य चौकीलाई बिपी चिन्तन प्रतिष्ठानको औषधि सहयोग

हेटौंडा । बिपी चिन्तन प्रतिष्ठानले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-१ स्थित आरानीपौवा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा अत्यावश्यक औषधि हस्तान्तरण गरेको छ।  प्रतिष्ठानले एक लाख ५० हजार रुपैयाँ बराबरको एआरभि (एन्टि रेबिज भ्याक्सिन), दमका रोगी र प्रेसर तथा मुटु रोगीका लागी अत्यावश्यक औषधि हस्तान्तरण गरेको हो।

प्रतिष्ठानले विभिन्न औषधि कम्पनीसंग सहयोग लिइ औषधि हस्तान्तरण गरेको प्रतिष्ठान केन्द्रिय कोषाध्यक्ष, कार्यक्रम संयोजक तथा समाजसेवी ध्रुब बहादुर पाण्डेले जानकारी दिए ।

उनले २०४९ सालदेखि स्वास्थ क्षेत्रमा सेवा पुर्याउदै आएको बताए । औषधि हस्तान्तरण कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती, त्रिपुरासुन्दरी गाउँपालिका-१ नम्बर वडाध्यक्ष साधुराम भट्ट, पुर्व वडाध्यक्ष भोज बहादुर रिजाल र स्थानीय नेता दुर्गा उप्रेतीलगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.