चौथो चैनपुर जेसीज मनहरी कप फुटबल : हाँडीखोला र खरंगा सेमिफाइनलमा

हेटौंडा । मकवानपुरको मनहरी ४ स्थित गोलघर खेल मैदानमा जारी चौथो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा खरंगा एफसी र हाँडीखोला यूथ क्लव सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा खरंगाले माथिल्लो मसिने एफसीलाई १-० ले हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा खरंगाका मिलन लामाले दोस्रो हाफको १६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी नै खेलको म्यान अफ द म्याच बने ।

यस्तै दोस्रो खेलमा हाँडीखोला यूथ क्लवले मनहरी ४ लाई सडनडेथमा स्तब्ध पार्दै सेमिफाइनलमा खरंगा एफसी संगको भेट पक्का गरेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथ मार्फत खेलको निर्णय लिइएको हो ।

हाँडीखोलाले मनहरी ४ लाई ५-४ गोल अन्तरले हराएको हो । खेलको म्यान अफ द म्याच हाँडीखोलाका गोलरक्षक दर्पण सिन्तान घोषित भए ।

जारी प्रतियोगितामा बिहीबार सेमिफाइनल प्रवेशका लागि कमाने फुटबल एकेडेमी र साविक विजेता मकवानपुरगढी जेसीज भिड्नेछ भने दोस्रो खेलमा साविक उपविजेता पटिहानी इभेन्ट्स र तपोवन यूथ क्लव खेल्नेछ । प्रतियोगितामा चितवनको एक र मकवानपुरका ११ गरी १२ क्लवको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख एक हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

चैनपुर जेसीज मनहरीको आयोजना तथा मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिता सन्चालन भैरहेको हो । प्रतियोगितालाई मनहरी गाउँपालिकाको कार्यालय, बागमती प्रदेश खेलकुद विकास परिषद, सानाकिसान कृषि सहकारी संस्था लगायतको सहयोग रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.