आलु दाइ र रचना रिमालको ‘फूल टिपी लाईदियौ शिरैमा’ सार्वजनिक (भिडियोसहित)

हेटौंडा । सामाजिक सञ्जालमा युवा माझ चर्चित आलु दाइको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘फूल टिपी लाईदियौ शिरैमा’ आज सार्वजनिक भएको छ।

सागर गुरुङको निर्माणमा तयार भएको गीतमा महिला स्वर रचना रिमालको रहेको छ भने र्‍याप तथा गीतको लिरिक्स, म्युजिक र मेलोडी कम्पोज आलु दाइले गरेका छन्। गीतको एरेन्ज तथा मिक्स-मास्टरिङ दिपेश प्रधानले गरेका हुन्।

गीत डिप स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोमा सञ्जना गुरुङ र आलु दाइको अभिनय रहेको छ भने सुरेश स्याङ्तानले अतिथि कलाकारका रूपमा अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी रवि लामाले गरेका छन् भने निर्देशन विशाल काइनीले गरेका हुन्।

दुर्गा श्रेष्ठले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर अनिल बिष्ट प्युठानीले गरेका छन्। मेकअप सपना लम्सालले गरेकी हुन्। भिडियोको सम्पादन जल राप्ती डिजिटल म्युजिक प्रा.लि.बाट गरिएको हो। नयाँ गीतमार्फत सांगीतिक क्षेत्रमा फरक प्रस्तुति दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।

गीत तथा भिडियो आलु दाइको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतले दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.