कांग्रेस महाधिवेशन प्रतिनिधिमा सागर घिमिरेको उम्मेदवारी

मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सागर घिमिरेले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले युवा खुलातर्फबाट उम्मेदवारी घोषणा गर्दै युवाको आवाजलाई पार्टीको नेतृत्व तहमा प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।

घिमिरेले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको प्रयासभन्दा पनि नैतिकता, विधानको संरक्षण र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनले पारदर्शिता, जवाफदेहिता र आन्तरिक लोकतन्त्रलाई कांग्रेसको मुख्य शक्ति बनाउनुपर्ने बताएका छन्।

‘युवा भोट बैंक होइन, नेतृत्वको हकदार हो’ भन्ने धारणा अघि सार्दै घिमिरेले युवालाई पार्टीको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा जोड दिएका छन्। राष्ट्र, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा प्रतिबद्ध रहँदै समृद्ध नेपाल निर्माणका लागि युवाको भूमिका बढाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

घिमिरेले गुटगत राजनीतिभन्दा पार्टीको विधान र मूल्य–मान्यतालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मतदातासमक्ष झुटा आश्वासन वा ठूला वाचा नगरी आफूलाई विश्वास गर्न आग्रह गरेका छन्।

“पदका लागि होइन, नैतिकताका लागि; गुटको सेवक होइन, विधानको रक्षक बन्न” भन्ने नारासहित उनले आफ्नो अभियान अघि बढाएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.