काँग्रेस मकवानपुर–१ को क्षेत्रीय सभापतिमा सुशान्त श्रेष्ठको उम्मेदवारी घोषणा

हेटौंडा । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा सुशान्त कुमार श्रेष्ठले क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी असोज १० गते हुने क्षेत्रीय अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। नेपाली काँग्रेस मकवानपुरको विभिन्न तहमा लामो समयदेखि रहेर काम गर्दै आएको उल्लेख गर्दै उनले क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा सम्पूर्ण कांग्रेसजनको साथ र समर्थनको अपेक्षा गरेका छन्।

‘विगत लामो समयदेखि नेपाली काँग्रेस मकवानपुरको विभिन्न तहमा रही काम गरेको यहाँहरूलाई अवगत नै छ। यसर्थ यही आउँदो असोज १० गते हुन गइरहेको नेपाली काँग्रेसको प्रतिनिधिसभा अधिवेशनमा मकवानपुर क्षेत्र नम्बर १ अन्तर्गत क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।

श्रेष्ठले आफ्नो उम्मेदवारीलाई साथ र समर्थन गर्न क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा पार्टीका नेता–कार्यकर्तासँग आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.