मकवानपुर । मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा वसन्तकुमार सिटौला र हेटौंडा उपमहानगर अध्यक्षमा कमल बिडारी चयन भएका छन् । आइतबार हेटौंडामा भएको साधारणसभा तथा अधिवेशनले जिल्लामा पुनः सिटौलाकै नेतृत्वमा र उपमहानगरमा बिडारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जिल्ला कार्यसमितिको उपाध्यक्षमा राजु घले, सचिव सन्तोष श्रेष्ठ, कोषाध्यक्ष पुष्प मैनाली तथा सदस्यमा नरेन्द्र मुक्तान, सुशान्त आले, राजेश अशिकारी, काजीराम मुक्तान र लक्ष्मी बर्तौला चयन भएका छन् । भलिबल संघको हेटौंडा उपमहानगर उपाध्यक्षमा सुवास सुवेदी र पूर्ण लामा, सचिव सफलचन्द्र कंडेल, कोषाध्यक्ष सुमन नेपाल तथा सदस्यमा ईन्द्रबहादुर माझी, सुजिता थापा, निश्चल राना मगर र आयुषा सिंह चयन भएका छन् ।
भलिबल संघको साधारणसभा तथा अधिवेशनसँगै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको समेत साधारणसभा भएको हो । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । लामाले भलिबल संघ र प्रतिष्ठानसँगको सहकार्यलाई जारी राख्ने प्रतिबद्धता जनाइन् ।
हेटौंडा उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकासमा योजनाबद्ध काम गरिरहेको उनको भनाई थियो । कार्यक्रममा हेटौंडा १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी नवराज, नेपाल भलिबल संघका उपाध्यक्ष गौतम लासिबा, सदस्य निरप्रसाद इटेनी, बागमती प्रदेश भलिबल संघ अध्यक्ष माधव केसी, खेलकुद विकास समिति मकवानपुर पूर्व अध्यक्ष बालकृष्ण चौलागाईं, भेष खड्की, सानु लामा, खेलकुद विकास समिति अध्यक्ष राजकुमार मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।
दोस्रो कार्यकालका लागि जिल्ला भलिबल संघको अध्यक्षमा चयन भएका सिटौलाले संस्थागत एवम् भलिबल खेलको विकासमा योजनाबद्ध काम गर्ने प्रतिबद्धता जनाए ।














