हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरगढी गाउँपालिका–४ नम्बर वडा कार्यसमितिको अधिवेशनबाट सर्कलाल लो सभापतिमा निर्वाचित भएका छन्।
आइतबार सम्पन्न वडा अधिवेशनले लोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपसभापतिमा स्कुल सिं ठकुरी र सुन्तली स्याङ्तान (महिला), सचिवमा जनश्याम ठकुरी तथा सहसचिवमा इन्द्रबहादुर कठायत निर्वाचित भएका छन्।
सदस्यमा रमेशकुमार डंगोल, पूर्णबहादुर भ्लोन, राजकुमार विश्वकर्मा, मिनुमाया थिङ, मिना ठकुरी, बच्छुबहादुर थिङ र रामकृष्ण लो चयन भएका छन्।
अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ। क्षेत्रीय प्रतिनिधिमा जानुका सिं ठकुरी, उर्मिला गुरुङ, मिनुमाया थिङ, सोमलाल घलान, राजकुमार विश्वकर्मा, जनश्याम सिं ठकुरी, कृष्णबहादुर खड्का, केशव तिमल्सिना, अनिता बल, सुवास सापकोटा, विशाल तिवारी, चमेली शाही ठकुरी, लोकनाथ आचार्य, नरेश धिताल, केदार प्रसाद सापकोटा, सम्राट घिमिरे, इन्द्रबहादुर कठायत, रमेशकुमार डंगोल, जनकबहादुर पाख्रीन, स्कुल सिं ठकुरी, रामबहादुर लो, शेरबहादुर गुरुङ र प्रविणकुमार ढुंगेल चयन भएका छन्।
अधिवेशनका निर्वाचन अधिकृत सुमन मानन्धर रहेका थिए।
अधिवेशनमा निवर्तमान सभापति सुवास सापकोटाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेका थिए।















