जेन्जी आन्दोलनमा भीमफेदी कारागारबाट फरार कैदी पक्राउ

हेटौंडा । जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागार, मकवानपुरबाट फरार भएका एक कैदी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोली र सामुदायिक सेवा केन्द्र वनस्पती मकवानपुरको टोलीले डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका हेटौंडा उपमहानगरपालिका–१३, वनस्पतीका ३९ वर्षीय सन्तबहादुर तितुङलाई बुधबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार तितुङलाई बुधबार दिउँसो १ः३० बजे घरनजिकैको बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ।

तितुङलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.