मकवानपुरगढीको सुकौरा खोलामा ५५ वर्षीया महिला मृत फेला

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–७ सुकौरा खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। सोमबार दिउँसो करिब ४ बजे घरबाट करिब २०० मिटर पश्चिमतर्फ रहेको सुकौरा खोलाको पानीभित्र स्थानीय लालीमाया थिङ मृत अवस्थामा फेला परेकी हुन्।

उनी मकवानपुरगढी–७ सुकौराका सोमबहादुर थिङकी श्रीमती हुन्। महिला खोलामा मृत अवस्थामा रहेको खबर स्थानीयमार्फत साँझ ४ः२० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक धर्मेश कुमार यादवको कमान्डमा एसओसिओसहितको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

स्थानीयका अनुसार उनलाई खोलाले बगाएको हुनसक्ने देखिएको छ। यद्यपि मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि खुल्ने बताइएको छ।

कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.