अनिशा मृत्यु प्रकरण : दोहोरीका म्यानेजर पुर्पक्षका लागि कारागार, सञ्चालक धरौटीमा रिहा

हेटौंडा । हेटौंडामा १७ वर्षीया अनिशा बिकको शंकास्पद मृत्यु प्रकरणमा आरआर दोहोरी तथा थकाली घरका म्यानेजर सुवास स्याङ्ताङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । दोहोरीका सञ्चालक राजकुमार मोक्तान भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

भरतपुर महानगरपालिका–११ घर भई हाल हेटौंडा–१० मा डेरा गरी बस्दै आएकी बिकको शंकास्पद अवस्थामा मृत्यु भएको घटनामा प्रहरीले स्याङ्ताङ र मोक्तानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २९ वर्षीय स्याङ्ताङलाई भदौ ११ गते पुर्पक्षका लागि भीमफेदी कारागार पठाइएको हो । यस्तै, ४५ वर्षीय मोक्तानलाई मकवानपुर जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको प्रहरीले जनाएको छ ।

मृतकका परिवारले अनिशाको मृत्यु नभई हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएपछि घटनाको अनुसन्धानका क्रममा दोहोरीका सञ्चालक मोक्तानलाई समेत अनुसन्धानको दायरामा ल्याइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.