हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ८ देवकोट चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । देवकोटबाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०२-०४० प ३५७० नम्बरको मोटरसाइकल ओरालोमा ब्रेक नलागेर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका २ गड्यौली बस्ने अन्दाजी २३ वर्षका किस्मत थापा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको दाहिने खुट्टा र हातमा चोट लागेको बताइएको छ ।
घाइते थापालाई मनहरी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर अस्पताल पठाएको छ । मोटरसाइकल ईलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ ।
,,
प्रतिकृया दिनुहोस्















