गायक बिरु घलानको ‘धोकेबाज पापिनी’ सार्वजनिक (भिडियो सहित)

हेटौंडा । मकवानपुरे गायक बिरु घलानको नयाँ तामाङ सेलो गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक भएको छ। गायक घलान र गायिका अनिशा तामाङको स्वरमा सजिएको ‘धोकेबाज पापिनी’ गीतलाई घलानको आफ्नै यूट्युब च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो ।

आश्रम थिङको शब्द तथा संगीत रहेको गीतलाई सानुबाबु घिसिङले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका छन्। गीतको अडियो निर्माण रिहान थिङले गरेका हुन् भने रेकर्डिङ फ्याफुल्ला नेपाल स्टुडियोमा गरिएको हो।

गीतको भिडियोमा आशिष लामा, प्रणिल घले, सुजु तामाङ र सलिना तामाङको अभिनय रहेको छ। आयुष लामाले अतिथि कलाकारको रूपमा अभिनय गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी आशिष लामाले गरेका हुन्।

दुर्गा श्रेष्ठको छायांकन रहेको भिडियोलाई अनिल बिष्ट प्युठानीले सम्पादन तथा रंग संयोजन गरेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन जल राप्ती डिजिटल म्युजिक प्रालिले गरेको छ।

प्रेम, विश्वासघात र सम्बन्धमा आउने उतारचढावको कथावस्तुमा आधारित ‘धोकेबाज पापिनी’ दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने आशा रहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.