यस्तो छ बागमती प्रदेशको बजेट (पूर्णपाठ)

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कुन्दराज काफ्लेले आज प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालु खर्चका लागि २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र पूँजीगत खर्चका लागि ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्णपाठ हेर्न  Budget Speech 2082-83 bagamati यसमा क्लिक गर्नुहोस् ।

बजेट खर्च व्यहोर्ने स्रोतमा कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, संघीय सरकारबाट ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ, अन्य स्रोतबाट ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ र सञ्चित कोष तथा विविध प्राप्तिबाट १६ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, महिला सशक्तिकरण र रोजगार सृजना क्षेत्रमा बजेट प्राथमिकता दिएको उनको भनाई छ । साथै उनले बजेट पारदर्शिता र परिणाममुखी कार्यान्वयनमा जोड दिइने बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.