बागमती बजेटः ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरा लागि’ अभियान संचालन गरिने

हेटौँडा । बागमती प्रदेश सरकारले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरा लागि’ अभियान संचालन गर्ने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आज प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।

उनले यस अभियान अन्तर्गत मासिक स्वास्थ्य प्रबद्र्धन र मानसिक चिकित्सा सेवा आवश्यक पर्ने व्यक्तिहरुलाई निःशुल्क सेवा प्रदान गर्ने बताए । साथै उनले उक्त सेवा योग र ध्यानमार्फत् स्वास्थ्य प्रबद्र्धन गर्ने बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.