हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ७० अर्बको बजेट ल्याउने तयारी गरेको छ।
आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नेछन्।
स्रोतका अनुसार बजेट ६८ अर्बभन्दा नघट्ने र ७० अर्बभन्दा नबढ्ने गरी रहनेछ। चालु वर्ष २०८१/८२ मा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याइएको थियो।
शनिबार अबेर रातिसम्म मन्त्रालयहरूले बजेट विवरण (पीएलएबीएस) प्रणालीमा इन्ट्री गरिसकेका छन्। स्रोतका अनुसार करिब ३ अर्ब बराबरका नयाँ योजना थपिएका छन् ।
त्यस्तै, दुई चरणमा गरी बजेट सिलिङमा करिब ५ अर्ब रुपैयाँ थप गरिएको हो।
प्रतिकृया दिनुहोस्

















