हेटौंडा–१४ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

हेटौंडा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ नम्वर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले बुधवार पत्रकार सम्मेलनमार्फत् विभिन्न ५१ वटा सूचक पूरा गरेसँगै यही माघ २५ गते उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।

यस कार्यका लागि वडाध्यक्ष दिपक खड्काको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको र सो समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको अध्यक्ष खड्काले जानकारी दिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा वडा नम्वर– १४ स्थित श्री भृकुटी मा.विमा कार्यक्रम गर्न लागिएको अध्यक्ष खड्काले बताए ।

उनका अनुसार, वडामा क्रियाशील बालमैत्री स्थानीय शासन वडा समिति तथा बाल अधिकार समितिले २० वटा टोल विकास संस्थामा २२ वटा बाल समूह , १ वटा बाल सञ्जालमार्फत विभिन्न संरचनागत समितिहरुमा समेत गरी ५७० जना बालबालिकाहरुको प्रत्यक्ष सहभागितामा वर्षभरी विभिन्न कार्यक्रम गरी घोषणाका लागि आवश्यक वातावरण निर्माण गरेका छन् ।

खड्काले पुर्ण खोप वडा घोषणा , पुर्व साक्षर वडा घोषणा , खुल्ला दिसामुक्त वडा घोषणा भईसकेका १४ नम्वर वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४७ वटा सुचकहरु १०० प्रतिशत र बाँकी ४ वटा सुचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हाँसिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने चरणमा पुगेको बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.