उपमहानगरले खोल्यो छात्रवृत्ति फर्म

मकवानपुर । नगरवासीले सहज रुपमा शैक्षिक गतिविधिमा सहभागी गराउनका लागि हेटौंडा उपमहानगरपालिले छात्रवृत्तिको लागि आवेदन खुला गरेको छ ।

नगरभित्र रहेका सावर्जनिक शैक्षिक सस्थाको माध्यमिक तह अध्ययन गर्न चाहने बिद्यार्थीलाई लक्षित गर्दै बुधबारबट छात्रवृत्तिको आवेदन खुल्ला गरीएको हो ।

माध्यमिक तह (कक्षा ११ र १२) सञ्चालन भएका बिद्यालयमा शैक्षिक सत्र २०८३र०८४ का लागि छात्रवृत्ति परिक्षाको फर्म अनलाईन मार्फत भर्न सकिने छ ।

२०८२ सालको एसईई परिक्षामा सहभागी भई ग्रेडेड भएका बिद्यार्थीले जेठ २० देखि २७ गते सम्म अनलाइन मार्फत फर्म भर्न सक्ने व्यवस्था मिलाईएको उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ । आवेदन पछि उपमहानगरले परिक्षामा मार्फत छात्रवृत्तिको व्यवस्था गर्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.