हेटौंडा । सार्कोमा क्यान्सरबाट पीडित ७ वर्षीय एक बालिकाको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ।
कलंकी, खड्गा गाउँकी मेरिका पुजारीलाई करिब एक महिना अघि सार्कोमा क्यान्सर भएको पुष्टि भएको हो। हाल उनी भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी छन् । बिरामीका बुवा प्रकाश पुजारीका अनुसार परिवारले हालसम्म आफ्नै सामर्थ्यअनुसार उपचार खर्च व्यहोरेको भए पनि रोगको गम्भीरता र उपचारको उच्च लागतका कारण आर्थिक अभाव भएको छ।
“हामीले सक्दो प्रयास गरेका छौं, तर अब उपचारलाई निरन्तरता दिन आर्थिक सहयोग अत्यावश्यक भएको छ,” उनले बताए। परिवारले सहयोगी मन भएका व्यक्ति तथा संघसंस्थासँग सहयोग गरिदिन हार्दिक अपील गरेको छ।
सार्कोमा जस्तो गम्भीर क्यान्सरको उपचार लामो समय लाग्ने र महँगो हुने भएकाले समयमै सहयोग जुटे बालिकाको जीवन बचाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहयोग गर्न इच्छुकका लागि विवरण:
बैंक: NIC ASIA BANK
खाता नम्बर: १९८८९७०२३६९५२४०१
खातावालाको नाम: प्रकाश पुजारी
सम्पर्क नम्बर: ९८०११७६९१७

















