१७१ किलो गाँजासहित मनहरीमा युवक समातियो

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ७१ किलो २१ ग्राम गाँजा बरामद गरी राक्सिराङ गाउँपालिका–४, सितताकका २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई पक्राउ गरेको हो ।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मनहरी गाउँपालिका–९ को हरियाली सामुदायिक जङ्गल क्षेत्रमा शङ्कास्पद रूपमा गुडिरहेको हात्ती गाडीलाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा गाडीको पछाडि भागमा लुकाएर राखिएको २७ वटा प्याकेटमा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक बोगटीका अनुसार, उनी राक्सिराङ गाउँपालिका–१ भाबरबाट मनहरी–९ हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ गाँजा ओसारपसार गर्ने क्रममा पक्राउ परेका हुन्। पक्राउ परेका स्याङतानमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.