हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक ९ वर्षीया बालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा इन्द्रसरोवर–३, जातीपोखरी बस्ने लमिना वाईवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार घाँस काट्न भन्दै घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्राघारीडाँडा जङ्गलतर्फ गएकी उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।
खोजतलासका क्रममा मंगलबार बिहान उनी भिरबाट करिब ३०० मिटर तल लडेको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
यसैबीच, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट समेत प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिकृया दिनुहोस्















