रेडियो थाहा सञ्चार हेटौँडाले मनायो १८ औं वार्षिकोत्सव

हेटौँडा । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाले १८ औं वार्षिकोत्सव मनाएको छ । रेडियोले सप्याहव्यापी कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको हो ।

रेडियोले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन फागुन १ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर १, स्थित नेपाल फलफूल तथा तरकारी बजारमा सरसफाई कार्यक्रम, फागुन २ गते हेटौँडा–४ हुप्राचौरमा पत्रकार महिला र अधिकारकर्मी महिलाहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, फागुन ३ गते थाहा दर्शन कार्यक्रम, फागुन ४ गते मकवानवपुरगढी गाउँपालिका वडा नम्वर ५ मा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य र आयोडिनयुक्त नुन वितरण गरिएको थियो भने फागुन ६ गते हेटौँडा ऐकेडेमीको सहकार्यमा बाल साहित्य कार्यक्रमको आयोजना गरेको थियो ।

रेडियोले बिहीबार अन्तिम दिन थाहा वर्ष सम्मान तथा समापन समारोह कार्यक्रमको आयोजना गरेको छ । समापन कार्यक्रम रेडियोका संचालक अरुणराज सुमार्गीको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी  बसन्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।

रेडियोको स्टेशन म्यानेजर गोकुल अधिकारीले संचालन गरेको कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, साल्ट ट्रेडिङ कर्पोरेशन हेटौँडाका प्रमुख मधुसूदन अधिकारी, गैरसरकारी सँस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, श्रोता समुह मकवानपुरका अध्यक्ष विष्णु दहाल, व्यवसायिकहरु तर्फबाट सिआटीका संचालक दिनेश रिजालले मन्तव्य राखेका थिए ।

उक्त अवसरमा सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रामबहादुर बस्नेतलाई थाहा वर्ष सम्मान २०८२ प्रदान गरिएको थियो । समाजसेवी समेत रहेका बस्नेतलाई प्रमुख अतिथि, सभाध्यक्ष, अतिथीहरुले दोसल्ला ओडाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

सो सम्मान पत्र ग्रहण गर्दै अध्यक्ष बस्नेतले आफ्नो कामको मुल्यांकन हरी आफुलाई सम्मान गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले सहकारी र मिडियाकर्मीको सम्बन्ध नङ र मासुको जस्तो रहेको भन्दै रेडियोको वार्षिकोत्सवको अवसरमा शुभकामना दिए ।

यस्तै, रेडियोका संचालक सुमार्गीले बिगत १८ वर्ष देखि निरन्तर निष्पक्ष ,सक्रिय रुपमा आवाज बिहिनहरुको आवाज बुलन्द पार्दै आएको र आगामी दिनहरुमा पनि रुपचन्द्रको थाहालाई आत्मसाथ गर्दै आगाडी बढ्ने प्रतिबद्ता ब्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँ, स्वतन्त्र पत्रकार महासङ्घका केन्द्रिय उपमहासचिव सुरेश श्रेष्ठ, सिबिन नेपाल मकवानपुरका प्रमुख झवेन्द्र ज्ञवाली, सन्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, स्वतन्त्र पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष राजन घिमिरे, विभिन्न सङ्घसंस्थाका प्रमुख, विज्ञापनदाताहरु, सन्चारकर्मीहरु लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.