हेटौंडा । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य बुद्धराज सिन्तानले नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामालाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले उक्त क्षेत्रमा पार्टी उम्मेदवार बुद्ध लामाको जित सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
नेविसंघ केन्द्रीय कार्यसमितिले मकवानपुर–२ का लागि तोकेको संयोजकसमेत रहेका सिन्तानले कांग्रेसका उम्मेदवारलाई विजयी गराउन संगठन पूर्ण रूपमा परिचालित हुने बताए।
१७ माघमा नेपाल विद्यार्थी संघको विधान २०२७ (२०७५) को धारा १२ (५) बमोजिम आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुमा नेपाल विद्यार्थी संघको प्रभावकारी परिचालनका लागी संयोजक रहने गरी निर्वाचन परिचालन समिति गठन गरिएको थियो ।
जस अन्तर्गत मकवानपुर-१ मा भीषण ठकुरी र २ मा सिन्तानले संघको निर्वाचन संयोजकको जिम्मेवारी पाएका थिए ।















