एमाले मकवानपुरको निर्वाचन परिचालन समिति गठन

मकवानपुर । नेकपा एमाले मकवानपुरको बैठकले २ हजार २५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति गठन गरेको छ । एमाले मकवानपुर ईञ्चार्ज तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा २ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

फागुन २१ गते हुने निर्वाचनका लागि परिचालन समितिमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी, प्रदेश निकाय सदस्य, जिल्ला कमिटी सदस्यहरू, जिल्ला लेखा कमिटीका सदस्यहरू, जिल्ला सल्लाहकार सदस्यहरू, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, पालिका तथा ईलाका कमिटीका सदस्यहरू, पालिका लेखा कमिटीका सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधि, जनसंगठनका केन्द्र, प्रदेश, जिल्ला, पालिकाका पदाधिकारी, स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरू जिल्ला निर्वाचन परिचालन कमिटीमा रहेका छन् ।

निर्वाचन परिचालन कमिटीको सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहेका छन् । पूर्व मूख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति, प्रतिनिधिसभा १ मा निर्वाचन परिचालन समितिको संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक नवीन सिग्देल र कमल विष्ट, सचिव अनिल बानियाँ र प्रतिनिधिसभा २ को संयोजकमा भारती पाठक, सहसंयोजक बलराम बल र राजाराम स्याङ्तान तथा सचिवको जिम्मेवारी मेम्बर लोलाई दिइएको छ ।

निर्वाचन परिचालनको प्रचार समिति संयोजक नवीन सिग्देल, निर्वाचन घोषणा पत्र निर्माण समितिमा अनन्त पौडेल, आर्थिक व्यवस्थापन संयोजकमा गोपाल श्रेष्ठ, प्रशासनिक संयोजक हिदम लामा, जनसाँस्कृतिक संयोजक देवराज रिमाल, प्रचार सामग्री व्यवस्थापन संयोजक सीता विष्ट, कार्यालय सञ्चालन व्यवस्थापन आरती पाठक, भुगोल बाहिर रहेका मतदाता समन्वय समिति फूर्वादोर्जे लामा, कानुनी परामर्श संयोजक मदन दाहाल, उम्मेदवार फोकल पर्सन १ मा दिलु घर्ती र २ मा आशिष अस्लामी रहेका छन् ।

बैठकले १० वटा पालिका, २ ईलाका कमिटी र १०२ वटा वडामा समेत निर्वाचन परिचालन समितिको संयोजक, सहयोजक र सचिव तोकेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.