नारायणी अटो ट्रेड लिंक्सको १२ प्रतिशत नाफा, शेयरधनीलाई लाभांश वितरण गर्ने

हेटौंडा । नारायणी अटो ट्रेडलिंक्स प्रा.लि.को २३औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशन शनिबार सम्पन्न भएको छ। कार्यक्रम कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षतामा तथा नारायणी पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष उत्सव ईटेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रबन्ध सञ्चालक ठाकुरनाथ सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले करिब ४३ करोड रुपैयाँ बराबरको कारोबार गर्दै राज्यलाई ७ लाख ५० हजार रुपैयाँ आयकर बुझाएको छ। यसबाट कम्पनीले करिब १२ प्रतिशत नाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले नाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा पूर्व प्रबन्ध सञ्चालक गुरु प्रसाद खतिवडा, कर्मचारी तर्फ गुणहरि पौडेल र सर्वाधिक कारोबार गर्ने आशिष पौडेल, राजेन्द्र फुयाँल, रञ्जन रोक्का, लिला अमुगाई, पूर्ण गिरी, हरिशरण दाहाल र भिम थोकरलाई सम्मान गरिएको थियो। अधिवेशनबाट प्रबन्ध सञ्चालक पदमा पुनः ठाकुरनाथ सुवेदी, सञ्चालक पदमा कुमार बर्तौला र भिमसेन लामिछाने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.