हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा, स्थित नौलो बिहानी कृषि सहकारी संस्थाको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बागमती प्रेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम् सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
साधारणसभामा संस्था अध्यक्ष ढुङ्गानाले संस्थागत प्रतिवेदन, उपाध्यक्ष जयराम घिमिरेले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक गोपाल चन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
४ सय ३३ जना शेयर सदस्य रहेको यो सहकारीको २०८२ असारसम्मको शेयर पूजी ६५ लाख ५२ हजार निक्षेप १ करोड ६१ लाख ८५ हजार लगानी १ करोड ४९ लाख ६४ हजार रहेको संस्था ब्यवस्थापनक सरिता खतिवडाले बताईन् ।
यस्तै, सो क्रममा साधारणसभामा उत्कट बचतकर्ता रन्जिता भेटवाल, उत्कृष्ट कारोवारी मिना कुमारी केसी र नन्दलाल राई ज्येष्ठ शेयर सदस्य पुष्प सुन्दर श्रेष्ठ र एकैदिन सदस्य बन्ने जोडी सदस्यलाई पुरस्कृत गरिएको थियो ।
साधारणसभाका हेटाँैडा–६ का वडा सदस्य लेखराज ढकाल, संस्थाका संस्थापक अध्यक्ष राघव न्यौपाने, पूर्व अध्यक्ष राजेन्द्रप्रसाद चौलागाई, निवर्तमान अध्यक्ष भरत सापकोटा, बंशगोपाल दुग्ध सहकारी अध्यक्ष रामहरि चौलागार्इँ, कामधेनु सहकारी अध्यक्ष उदय बिडारी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईँ, रानी सामुदायिक वन अध्यक्ष केशव धिताल, संस्था सचिव नेत्रप्रसाद ढुङगेल, शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।















