मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त भएका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबीच अधिवक्ता बस्नेतलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत निशा न्यौपानेले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले बस्नेतलाई बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेको बताइन् ।
प्रतिकृया दिनुहोस्















